थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि एक जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९५ पुगेको छ।

गत २४ घण्टामा देशभर १ हजार ८०६ पीसीआर तथा २ हजार ३७१ एन्टिजेन परीक्षण भएको छ।

बुधबार १६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार २९८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार  ४ : ४१ बजे