मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानसेनापतिले भेटे प्रधानमन्त्री देउवालाई



काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ९ : ११ बजे