भदौ २० भित्र केन्द्रलाई उमेदवार सिफारिस गर्न कांग्रेसको परिपत्र

नेपाली कांग्रेसले आगामि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका हुन् ।

क्षेत्रीय कार्यसमितिबाट आएका नामलाई जिल्ला कार्यसमितिले भदौ १८ गते र जिल्लाबाट आएका नामलाई भदौ २० गतेभित्र आफ्नो रायसहित केन्द्रमा पठाउनु पर्ने महामन्त्री थापाको परिपत्रमा उल्लेख छ। नाम सिफारिस गर्दा सहमतिमा हुन नसके बहुमतको आधारमा निर्णय गर्न निर्देशन दिइएको छ ।

तेस्तै २०७४ सालको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचितलाई फेरि पनि समानुपातिकमा सिफारिस नगर्न पनि परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार  ७ : ३७ बजे