मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच वर्षमा माओवादी कर्णालीका सबै ११ सदस्य मन्त्री



बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने उद्घोष गरेको माओवादी राज्यलाई बन्दुक बुझाएर अहिले तेस्रो शक्तिको रुपमा स्थापित छ । माओवादीकै नामबाट साना ठुला गरी आधा दर्जन दल समेत अस्तित्वमा छन् ।

०६२/६३ को जनआन्दोलन र ुजनयुद्धुको बलमा राजाको शासन सत्ता हटाएर जनताका छोराछोरी त्यो ठाउँ पुगेका छन् । संसदीय व्यवस्थाको चर्को विरोध गर्ने माओवादी शान्ति सम्झौतापछि संसदकै हिस्सा बन्न पुगेको छ । जनयुद्ध र जनआन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको वर्तमान समयमा सत्ताकै लागि माओवादीले पनि गर्ने अवस्थामा पुगेको विश्लेषकहरू बताउँछन् ।

कर्णाली प्रदेशमा माओवादीले गरेको पछिल्लो उदाहरणबाट पनि यो प्रष्ट हुन्छ । पाँच वर्षमा प्रदेश सरकारमा रहेका माओवादीका सबै ११ सदस्य मन्त्री बन्ने पक्का भएको छन् । नौ जना मन्नी भैसकेका र बाँकी दुई जना पनि दुई महिनाका लागि मन्त्री नियुक्त हुने भएका छन् ।

निर्वाचन आयोगले भने नजिकिँदो निर्वाचनका कारण बजेटसम्बन्धी काम नगर्न पत्राचार गरेको छ । माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर कृष्णा शाह र रातो कामीको नाम पठाएको छ । माओवादीबाट सिफरिस भएका दुई सांसदलाई आइतबार मन्त्रीमा नियुक्त गर्ने र सोमबारसम्म सपथ ग्रहण गराउने मुख्यमन्त्री जीवनबहादुर शाहीको तयारी छ । माओवादीका एक नेताले पालो पुर्‍याउन मन्त्री हेरफेर गरिएको बताए ।

‘मन्त्री बन्न अब दुई जना माननीय मात्रै बाँकी हुनुहुन्छ । सबै सांसदलाई मन्त्री बन्ने पालो दिनुपर्छ भन्ने पार्टीको नीतिअनुसार मन्त्रीहरूलाई फिर्ता बोलाएको हो,’ उनले भने । कर्णाली प्रदेश सरकार गठनको पाँच वर्ष पुग्नै लाग्दा माओवादी केन्द्रका सबै सांसद मन्त्री बनेका छन् । सुरुमा ४० सदस्यीय रहेको प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद थिए ।

दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट मन्त्री पद नपाएकै कारण एमालेतिर लागेपछि प्रदेशसभामा माओवादी सांसदको संख्या ११ मा झरेको हो । उनीहरूमध्ये महेन्द्रबहादुर शाही मुख्यमन्त्री बाँकी सात जना मन्त्री भए भने एक जना उपसभामुख छन् ।

३ फागुन ०७४ मा महेन्द्रबहादुर शाही मुख्यमन्त्री भए भने नरेश भण्डारी आन्तरिक मामिला तथा कानुन र विमला केसी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भए । माओवादी प्रदेशसभा सदस्य पुष्पा घर्ती विष्ट उपसभामुख भइन् ।

माओवादीले एमालेसँग एकता गरेर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बनाएकाले प्रदेश सरकार चार वर्ष सहज रुपमा चल्यो । तर, जब नेकपाको एकता भंग भएर माओवादी केन्द्र ब्यूँतियो, कर्णाली प्रदेश सरकारमा पनि अस्थिरता आयो । एमालेले समर्थन फिर्ता लिएपछि शाहीले सरकार टिकाउन मुख्यमन्त्रीमा आलोपालोको सहमति गरे । मन्त्रीहरु पनि फेरिरहे । २९ वैशाख ०७८ मा भण्डारी र केसी दुबै पदमुक्त भए । त्यसपछि माओवादीमा प्रदेशसभा सदस्यहरुलाई मन्त्री बनाउने चक्र सुरु भयो । त्यही दिन गोपाल शर्मा आर्थिक मामिला मन्त्री भए भने २ जेठ ०७८ मा सीता नेपाली आन्तरिक मामिला तथा कानुनमन्त्री बनिन् । मुख्यमन्त्री शाही आफैंले १५ कात्तिक ०७८ मा राजीनामा दिए । उनीसँगै आर्थिक मामिलामन्त्री शर्मा र आन्तरिक मामिलामन्त्री नेपालीले पनि पद छाड्नुपर्‍यो । १६ कातिक ०७८ मा माओवादीको समर्थमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री भए ।

१४ मंसिर ०७८ मा विन्दमान विष्ट आर्थिक मामिलामन्त्री बने भने २३ माघमा गणेशप्रसाद सिंह उर्जा र गैरसांसद छिरिङ डम्डुल लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बने । २३ साउनमा छिरिङ डम्डुलको कार्यकाल सकियो । संविधानमा गैरसांसदलाई ६ महिना मन्त्री बनाउन सकिने र यो अवधिमा प्रदेशसभा सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था छ । त्यसअनुसार छिरिङ डम्डुल पदमुक्त भए । उनको ठाउँमा २९ साउनमा माओवादीले डोल्पाका वीरबहादुर शाही उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनायो । माओवादीका प्रदेशसभा सदस्यहरुमध्ये कृष्णा शाह र रातो कामी मात्र मन्त्री हुन बाँकी थिए ।

शुक्रबार अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोतविकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर कृष्णा र रातोलाई मन्त्री बनाउन सिफारिस गरिएको छ । काम गर्ने नेतालाई मन्त्री बनाउनुपर्नेमा माओवादीले पालो पुर्‍याउने चक्र चलाउँदा परिणाममुखी काम हुन नसक्ने राजनीतिक विश्लेषक बताउँछन् ।

पछिल्लो पाँच वर्षमा माओवादीले एक जना मुख्यमन्त्री, दुई जना अर्थमन्त्री पाए पनि प्रदेशको विकास र अर्थतन्त्रमा केही नयाँ काम हुन नसकेको एक नेताले बताए । ‘हामीले दुई वटा कानुनमन्त्री पायौं, दुई पटक उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्‍यौं,’ एक नेता भन्छन्, ुन प्रदेशले गतिलो कानुन पायो । न त पर्यटन र उद्योगको क्षेत्रमा केही सुधार भयो । मन्त्री भयौं भन्नेबाहेक अरु के गर्‍यौं र ?

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  २ : ०१ बजे