तनहुँ २ बाट चुनाब लड्न कांग्रेस नेता प्रदीप पौडेलको आवेदन



नेपाली कांग्रेसका युबा नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा चुनाव लड्न आवेदन दिएका छन्। पौडेलले मंगलबार क्षेत्रीय कार्यसमितिमा आवेदन दिएका हुन्।

यस अघी पौडेल काठमान्डौबाट चुनाब लड्ने हल्ला चलेको भए पनि उनले आफू तनहुँ २ का जनताका सुख, दु:खमा भिजेको र उक्त क्षेत्रमा आफुप्रती धेरैको सद्भाब रहेकोले तनहुँ क्षेत्र नम्बर २ बाटै उम्मेदवार हुने बताइरहेका थिए।

यही क्षेत्रबाट केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन्।२०७४ मा प्रतिनिधि सभातर्फ तनहुँ क्षेत्र नम्बर २ बाट शंकर भण्डारी चुनाव लडेका थिए। यसपल्ट भण्डारीले तनहुँ १ बाट चुनाव लड्न आवेदन दिएका छन्।

उक्त क्षेत्र बाटअघिल्लो पटक चुनाब लडेका शंकर भण्डारीले यसपटक तनहुँ १ बाट टिकट मागेसँगै तनहुँ क्षेत्र नम्बर २ बाट प्रदिप पौडेलले चुनाब लड्ने निश्चित रहेको जिल्लाका जानकार नेताहरु बताउछन ।

प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार  १० : ०१ बजे