निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिन पुगेका छन् । बुधबार उनी सिंहदरबारस्थित समितिको सभाकक्षमा पुगेका हुन् ।
समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
भदौ १५, २०७९ बुधबार
96
Shares










