काठमाडौं, १५ भदौ
काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको थालिएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैजना बानेश्वरस्थित पाठशाला स्कुलको कक्षा ९ का विद्यार्थी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। दुवैजनाले हामफाल्नुको कारणबारे खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।