मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक



पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन ।

अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको थियो ।

पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ ।

चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य भैरहे पनि वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन केही समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  १ : ५७ बजे