नेपालले जित्यो केन्या विरुद्धको एक दिवसीय श्रृंखला



काठमाडौं । नेपालले शनिबार केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा १७ रनको विजय हासिल गरेको छ । आजको जितसँगै एक खेल खेल्न बाँकी छँदै नेपालले केन्या विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो । पहिलो एक दिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । रोहितले ७८ रन बनाएपछि नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । २३१ रनको

अब नेपालले घरेलु टोली विरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ । यो खेल जिते नेपालले क्लिनस्वीप गर्नेछ ।

प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार  ८ : १३ बजे