कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान



कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामति सेवा दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।

सन्धिखर्क-१ मा रहेको केन्द्रको कार्यालय अगाडि गरिएको रक्तदानमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणको सहभागीता थियो ।केन्द्रले दिवसको पुर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता, चेस प्रतियोगिता लगायतका खेलहरू सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार  ४ : ०५ बजे