नेपाली काँग्रेस सोलुखुम्बुले मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार सिफारिस टुंगो लगाएको छ । आईतबारको जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रिय सभापतिहरुको संयुक्त बैठकले उम्मेदवारहस्को सिफारिस टुंगो लगाएको हो ।
बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य एबम आङगेलु शेर्पाको नाम एकल सिफारिस गरेको छ । शेर्पाले यसअघि तीन पटकसम्म जिल्ला सभापति भई नेपाली काँग्रेस सोलुखुम्बुको नेतृत्व गरिसकेका छन् ।
प्रतिनिधि सभाको समानुपातिक तर्फ पार्टी केन्द्रिय सदस्य बलबहादुर केसीसहित पुरुषोतम बस्नेत, गोकर्ण राई, पुर्व पार्टी सभापति प्रभुराम बस्नेत, पार्टी महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, महाधिवेशन प्रतिनिधि आङछिरिङ शेर्पा र धर्म नेपाली र नेतृ राधिका श्रेष्ठको सिफारिस गरीएको छ ।
तेसैगरि प्रदेश सभा क मा प्रत्यक्ष तर्फ पुर्व पार्टी सभापति विनोद बस्नेत, पार्टी सचिव भालकाजी कुलुङ, नेताहरु कुसराज राई, रोसन थुलुङ, नेता गणेश बस्नेत, र थिरबहादुर बस्नेतको नाम सिफारिस गरीएको छ ।
प्रदेश सभा क बाट समानुपातिकतर्फ पूर्वसभापति छत्रध्वज बस्नेत, पार्टी नेताहरु नातिकाजी गुरुङ, सरला नाछिरिङ, गिता गुरुङ, रिना उप्रेती केसी, जीवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तीमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेललाइ सिफारिस गरीएको छ ।
त्यसैगरि प्रदेश सभा ख मा प्रत्यक्षतर्फ प्रदेश सभापति कर्मा शेर्पा र पार्टी नेताहरु प्रेमबहादुर थापा मगर र साङगा बहादुर राईको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ डोल्मा तामाङ, पार्टी उपसभापति फुदोर्जी शेर्पा, पार्टी नेताहरु पासाङ शेर्पा, मनोज खड्का, टंकीमाया बस्नेत, मंलसिंह तामाङ, सानुमाया राजभण्डारी, राजन बस्नेत र लाक्पा नुरु शेर्पाको नाम सिफारिस गरीएको छ ।