मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङमा १६ हजार १४३ मेट्रिकटन दुध उत्पादन



लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन बृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याँकमा उल्लेख छ । पशुजन्य उत्पादन मध्येमासु भन्दा दुध उत्पादन औषत बढी वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा। रुपेश श्रेष्ठले बताए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौसय ८ मेट्रिक टन दुध उत्पादन भएकोमा गत आर्थिक वर्षमा १६ हजार एकसय ४३ मेट्रिक टन दुध उत्पादन भएकोे छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुईसय ३४ मेट्रिक टन बढी दुध उत्पादन भएको कार्यालय प्रमुख डा।श्रेष्ठले बताए ।

कार्यालयका अनुसार उत्पादित दुधमध्ये गत आर्थिक वर्षमा भैसी दुधमात्रै १२ हजार चारसय ६४ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक तीन हजार ६६७ मेट्रिक टन गाईको र १२ मेट्रिक टन चौरीको दुध उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी पशुजन्य उत्पादनमध्ये करिब ८९ मेटीक टन मासु तथा माछा उत्पादन बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा तीनहजार ४५ मेट्रिक टन मासु तथा माछा उत्पादन भएकोमा गत आर्थिक वर्षमा तीनहजार एकसय ३४ मेट्रिक टन माछा तथा मासु उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लामा उत्पादित मासुमध्ये सवैभन्दा बढि राँगा तथा भैसीको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा राँगा तथा भैसीको मासु मात्रै एकहजार तीनसय १७ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक नौसय ५५ मेट्रिक टन खसी, ६ सय ८८ मेट्रिक टन कुखुरा, दुईसय ३२ मेट्रिक टन बंगुर, नौसय २५ मेट्रिक टन भेडाको मासु उत्पादन भएको छ ।

सो बाहेक जिल्लामा ४७ दशमलव ८ मेट्रिक टन माछा उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी जिल्लामा पशुजन्य उत्पादन मध्ये गत आर्थिक वर्षमा एक करोड७० लाख १६ हजार गोटा अण्डा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक करोड ७० लाख १४ हजार गोटा अण्डा उत्पादन भएको थियो ।

जिल्लामा पशुजन्य उत्पादन मध्ये औषतमा माछा र अण्डा उउत्पादन बृद्धि धेरै नभएको कार्यालयको तथ्यांकले देखाएको छ । खपत कम हुँदा अण्डा उत्पादनका लागि लमजुङ आत्मनिर्भर भएपनि माछा उत्पादनका निम्ति भने जिल्ला अझै परनिर्भर रहेको कार्यालय प्रमुख डा। श्रेष्ठको भनाइ छ ।

जिल्लामा व्यवसायिक रुपमा विभिन्न क्षेत्रमा माछा पालन पनि गरिएका छन् । यद्यपी जिल्लामा उत्पादित माछा मागअनुसार अत्यन्तै न्यून पाइएको छ । विशेष गरि जिल्ला सदरमुकाम बेसीशहर सहित मुख्य बजार क्षेत्रहरुमा जिल्लामै उत्पादन गरिएका माछा कम मात्रै आयात हुने गरेकोछ । सदरमुकाम सहितका मुख्य बजारहरुमा तराइ देखि ल्याइएका माछाहरू बिक्री वितरण गरेको पाइन्छ ।

यस्तै मासु प्रायोजनका निम्ति अत्याधिक रुपमा कुखुरा बाख्रा, भेडा बँगुर पालिएका छन् । कार्यालयको गत वर्षको तथ्या‌ंकअनुसार जिल्लामा दुई लाख ७७ हजार ५१० कुखुरा पालिएका छन् भने एक लाख ३८ हजार चारसय ५० बाख्रा, १३ हजार पाँचसय ४० भेडा र चार हजार ९६५ बंगुर पालिएको तथ्यांक छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : १७ बजे