मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने महिला टिमको बिदाइ



माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला बास्केटबल टिमलाई बिदाइ गरिएको छ ।

मंगलबार १३ खेलाडीसहित १५ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतियोगिता २४ देखि ३० सेप्टेम्बरसम्म हुने तालिका छ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

नेपाली टिमको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । यस्तै, प्रतियोगितामा फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । दक्षिण एसियालीस्तरीय बास्केटबल प्रतियोगिताको लागि नेपाली टिम २३ सेप्टेम्बरमा माल्दिभ्स जाने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  २ : ४० बजे