बारामा ५० केजी गाँजा बरामद



बाराको पचरौता नगरपालिका–२ बिष्णपुरस्थित सडकबाट ५० केजी अवैध लागूऔषध गाँजा मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा बोरामा राखी नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

अपरिचित मोटरसाइकल चालकले बोरा फालेर फरार भएपछि उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  १२ : ०३ बजे