मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङमा थपिए ६ मतदान केन्द्र



लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन् । योसँगै लमजुङ जिल्लामा मतदात स्थल एक सय २८ र एक सय ८६ मतदान केन्द्र रहेका छन् ।

थपिएका मतदान केन्द्रमा दोर्दी गाउँपालिका(६ भगवान आधारभूत विद्यालय कीर्तिपुर, दोर्दी(६ कै युल्सा तामाङ सामुदायिक भवन ढोडेनी, दोर्दी वडा ६ हिमालय क्षेत्र सिं आधारभूत विद्यालय दुवार, बेसीसहर नगरपालिका(११ बाल विकास मावि रामचोकबेसी, मध्यनेपाल नगरपालिका-८ विश्वज्योति आधारभूत विद्यालय मजुवाबेसी र सुन्दरबजार नगरपालिका(८ अकला आधारभूत विद्यालय अकलामा नयाँ मतदान केन्द्र थएिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन् । प्रदेश सभा क तर्फ ६७ मतदान स्थल र ९१ केन्द्र रहेका छन् । त्यस्तै ख तर्फ ६१ मतदान स्थल ९५ केन्द्र छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : २३ बजे