मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिविरुद्धको रिटमा आजबाट सर्वोच्चमा सुनुवाइ हुँदै



राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै नागरिकता विधेयक प्रमाणिरकणका लागि परमादेशको माग गर्दै सर्वोच्चमा परेको रिटमा आजबाट सुनुवाइ सुरु हुदैछ ।

अधिवक्ता सागर बराल तथा सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेत लगायतले राष्ट्रपति भण्डारीविरुद्ध पाँचवटा वटा रिट दर्ता गराएका हुन् ।

रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ ।

साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेश माग गरिएको छ

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ४७ बजे