गोरखामा ट्रयाक्टर भिरबाट खस्दा चालकको मृत्यु 



गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रीत भई भिरमा खस्दा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् । 

गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  १० : ३२ बजे