मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको प्राथमिकता कनेक्टिभिटी निर्माण गर्नु होः परराष्ट्र सचिव पौड्याल



परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्रसंघको ७७औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा छुट्टाछुट्ट आयोजना गरिएको भूपरिवेष्ठित विकासशील देश ९एलएलडीसी० र अतिकम विकसित देश ९एलडीसी० को वार्षिक मन्त्रिस्तरीय बैठकलाई बिहीबार सम्बोधन गरेका छन् ।

एलएलडीसी मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिव पौड्यालले महामारी, जलवायु संकट र प्राकृतिक प्रकोपका कारण व्यापार, यातायात र कनेक्टिभिटीको क्षेत्रमा विकसित चुनौतीका बारेमा नेपालको धारणा राखेका थिए ।

उनले डिजिटल कनेक्टिभिटी, पूर्वाधारको विस्तार र एलएलडीसीहरूको लागि विश्वव्यापी सहयोग सुदृढीकरणको आवश्यकता रहेको औंल्याएका थिए । भियना कार्यक्रमको कार्यन्वयनलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका थिए ।

‘नेपालले सन् २०२६ सम्ममा एलडीसीबाट स्तरोन्नती हुँदै गर्दा नेपालको प्राथमिकता पूर्वाधारको माध्यमबाट बलियो कनेक्टिभिटी निर्माण गर्नु हो । यसका लागि ट्रान्जिट देशहरू र हाम्रा विकास साझेदारहरूबाट हामी अझ ठूलो सहयोगको अपेक्षा गर्छौं,’ परराष्ट्र सचिव पौड्यालले भने ।

एलडीसको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्र सचिव पौड्यालले असमानता, आपतकालिन जलवायु र कोभिड महामारी जस्ता चुनौतिहरू अतिकम विकसित देशहरूले सामना गर्नुपरेको बताए ।

उनले एलडीसी राष्ट्रहरुले चार दशकीय कार्ययोजना कार्यान्वयन गरेपछि पनि अविकसित र गरिबीको चपेटामा परिरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

दोहा कार्ययोजनाले अनुमोदन गरेअनुसार उत्पादनशील क्षमता निर्माण, लगानी र व्यापार प्रवर्द्धन, गरिबी न्यूनीकरण र समस्या समाधानका लागि संस्थाहरूलाई बलियो बनाउनु पर्नेमा उनले जोड दिएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ०६ बजे