मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको राजीनामा माग्दै जसपाले गर्‍यो आन्दोलनको घोषणा



जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ ।

संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो ।

नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो ।

आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र सञ्चारकर्मीसँग छलफल गर्नेछ ।

साथै ११ असोजमा जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै प्रदर्शन, १३ असोजमा पालिकास्तरमा अन्तरक्रिया गर्ने र १५, १६ र १७ असोजमा पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेको जसपाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १ : ३९ बजे