मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैत्रीपूर्ण खेलका लागि बंगलादेश आज नेपाल आउँदै



एक मैत्रीपूर्ण खेलका लागि बंगलादेशी पुरुष फुटबल टिम आज (शुक्रबार) नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको अनुसार टोली राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो ।

बंगलादेशले बिहीबार कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा घरेलु टिममाथि बंगलादेशले १–० को विजयी भएको थियो ।

खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

जसमा दुई जना नयाँ अनुहारले स्थान बनाएका छन् । ऋतिककुमार खड्का र आशिष चौधरी पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ३९ बजे