मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानको कार्यन्वयन गर्न कांग्रेसको जित आवश्यक : नेता सिंह



नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरुको विस्तारै चासो बढ्नु सकारातम्क भन्दे अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

आज मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै, उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोडदिँदै सिपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरि काम गर्ने बताए । हरेक वडामा ल्याबसहितको क्लिनिक पु¥याउनुपर्ने र हरेक क्षेत्रमा सिप सिकाउने तालिम केन्द्र खोल्नुपर्नेमा आफ्नो जोड रहेको सिंहको भनाई थियो ।

संविधानको कार्यन्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेकोमा सिंहको जोड थियो । कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको उदाहरण दिँदै उनले कांग्रेस संसदमा बलियो भएपछि मात्र संविधान जारी भएको बताए ।

त्यस्तै, देशको समृद्धि र शिक्षा,स्वासथ्य र रोजगारकिा लागि कांग्रेस बलियो बनाउनुपर्ने उनको भनाई थियो । जनताले परिवर्तन खोजेको भन्दै अब शिक्षा,स्वास्थ्यजस्ता नागरिकको दैनिक जिवनलाई सहज बनाउने विषयमा परिवर्तन ल्याउनुपर्ने सिंहले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ५५ बजे