मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुम्भलाइ शत्रुमाथि विजय, अरुलाइ कस्तो छ आजको राशिफल ?



काठमाडौं, ९ असोज । आजको पात्रो : ९ असोज २०७९, आइतबार । तद्नुसार सेप्टेम्बर महिनाको २५ तारिक २०२२ । आश्विनकृष्णपक्ष अमावस्या अर्थात् औशी, आजको दिन सोह्र श्राद्धको अन्तिमदिन पितृ विसर्जन गर्ने दिन हो । आजको दिन आफ्ना मृतक पितृगणलाई सम्झना गरेर भोलिदेखि विजयादशमी अर्थात् घटस्थापना शुरु हुने गर्दछ ।

आज चतुष्पद करण, उत्तरफाल्गुनी नक्षत्र, शुभ योग, चन्द्रमा सिंह राशिमा रहेको छ । बिहान सूर्योदय ५ः५४ मा भएको छ भने सूर्यास्त ५ः५९ मा हुनेछ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । आइतबार सूर्यनारायणको दर्शन गर्नु उत्तम मानिन्छ । आजको दिन औँशी भएकाले नियमतिबाहेक नयाँ र शुभकार्य गर्नु उत्तम मानिँदैन । औँशीको दिन पितृकार्यका लागि शुभ मानिएको छ ।

मेष
आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशातर्फ यात्रा नगर्नुहोला ।

वृष
वृष राशिका जातका लागि व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशा यात्रा फलदायी हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ ।

मिथुन
धनलाभ र नयाँ सुखद खबरले हर्ष छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला ।

कर्कट
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् । आइतबार बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह
सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल रहेको छ । केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । कसैलाई सहयोग गर्नुभएको छ भने मानसम्मान मिल्नेछ । पारिवारका सदस्यले समेत माया गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

कन्या
आज सूर्योदयको दर्शन गर्नुहोला । नयाँ र संत्सगी मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ रहेको छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने उनको आर्शीवादले सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।

तुला
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन हानी हुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।

वृश्चिक
सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु
सन्तानबाट सुख परिवारको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । अनावश्यक आरोप लाग्नसक्छ । आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहको प्रभावले कार्यकुशलता बृद्धि हुनेछ ।

मकर
व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा ऊर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।

कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । आजको दिन कुनै शिवालयमा गएर बृद्धजनलाई खानेकुरा दिनुहोला ।

मीन
सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ४५ बजे