मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश



सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश दिएको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए ।

दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  २ : ३४ बजे