मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज फुटबलमा नेपाल र बंगलादेश भिड्दै


११ आश्विन २०७९, मंगलबार  

8
Shares

मैत्रीपूर्ण फुटबलमा मंगलबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै, कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्ध जित निकाल्ने खेल्ने बताएका छन् ।

गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।

यस्तो छ हेड टु हेडः
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ । जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : १३ बजे