मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक उमेदवारको बन्दसूची सबैको सहमतिमा बुझाइएको हो : कांग्रेस प्रवक्ता महत



काठमाडौं, ११ असोज ।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेता डा. शेखर कोइराला पक्षको समेत सहमतिमा कांग्रेस समानुपातिकतर्फका उमेदवारको बन्दसूची बुझाइएको दाबी गरेका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘यसमा कुनै सत्यता छैन । निर्णय आमसहमति, पदाधिकारी पूर्वपदाधिकारीलगायत प्रदेश सभापति, अग्रणी नेता सामेल भएर सर्वसम्मत पेस भएको छ,कतिपय त्रुटीहरु छन् । तर एउटा कमजोर बनाइयो भन्ने कुरामा कुनै पनि सत्यता छैन ।’

उनले सञ्चालन गरेका पार्टी अनुशासनविपरीतका गतिविधि गम्भीरतापूर्वक नियालिएको बताएका छन् ।

प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए ।

‘आ-आफ्नो गृह जिल्ला पुगी बडादशँ हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशिल हुनुहुन निर्देशन गरेको छ,’ उनले भने ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : ३१ बजे