मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगु संक्रमीतको संख्या २८ हजार नाघ्यो ३८ जनाको मृत्यु



काठमाडौं, १२ असोज । नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट ज्यान गएको हो । योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ । सँगै देशभरका २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकीमा ६७७, लुम्बीनीमा ३ हजार १२५, कर्णालीमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगी पुष्टि भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ६ : ३७ बजे