मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धन चुनाबका लागी मात्रै नभइ बिकाश र स्थिरताका लागी : कांग्रेस नेता शाह



नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं सत्तारुढ गठबन्धनका जाजरकोट प्रदेश सभा (ख) का उमेदवार राजिवविक्रम शाहले शान्ती बिकाश र स्थिरताका लागी गठबन्धन बनेको बताएका छन ।

आज जाजरकोटको एक चुनाबी कार्यक्रममा बोल्दै उनले गठबन्धन चुनाबका लागी मात्रै नभइ बिकाश र स्थिरताका लागी बनेको प्रस्ट पारेका हुन ।नेता शाहले चुनाब पछी पनि गठबन्धन अझै लामो समय जाने भन्दै राजनितिक स्थिरताका लागी गठबन्धन महत्वपुर्ण भएको जिकिर गरे ।

उनले नेकपा माओबादिले पहिलेका मुद्दा छोडेर अहिलेको ब्यबस्थाप्रती प्रतिबद्दता देखाएपछी माओबादिसँगको गठबन्धन स्वभाबिक भएको पनि उल्लेख गरे । माओबादिलाई मुलधारमा ल्याउन कांग्रेसको भुमीकाको पनि उनले चर्चा गरे ।

नेता शाहले गठबन्धनलाई जिताउन आग्रह गर्दै चुनाब जिते आफु प्रदेशको मुख्यमन्त्री बन्ने सम्भाबना रहेको दाबी गरे ।उनले मुख्यमन्त्री नबनेमा मन्त्री बन्ने पक्का रहेको बताए ।

उनले गठबन्धनले चुनाब जित्ने दाबी गर्दै आफु जाजरकोटको बिकाशमा अझै सक्रीयताका साथ लाग्ने प्रतिबद्दता दोहोर्याए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : २१ बजे