मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप २० असोजमा नेपाल आइपुग्ने,भन्छन्– निर्दोष छु



काठमाडौं, १५ असोज । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि सन्दीप क्यान र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

उनले आफू निर्दोष रहेको न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । साथै उनले आफूमाथि निष्पक्ष व्यवहार हुने विश्वास गरेका छन् ।

छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु, उनले भनेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ११ : ५६ बजे