मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन



काठमाडौं, १६ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ ।

मंशिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि दिएको थियो ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए । जसअनुसार शनिबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्रं), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा राजनीतिक दलले शनिबार संशोधित बन्दसूची पेस गरेका छन भने बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आज आयोगमा बोलाइएको छ । प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ४५ बजे