चोरी गरी फरार रहेका व्यक्ति पक्राउ



ताप्लेजुङ फुङलिङ नगरपालिका–४ वीरेन्द्रचोकस्थित अम्मर श्रेष्ठको कञ्चन मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–१ बस्ने ताप्लेजुङ सिदिङवा गाउँपालिका–५ घर भएका २७ वर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

असोज १७ बिहान उक्त मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

लिम्बुलाई फालेलुङ गाउँपालिका–८ बाँसबोटेस्थित खाली घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

प्रकाशित मिति : आश्विन २५, २०७९ मंगलबार  ११ : ४१ बजे