मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपक मनांगे गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित



राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनांगे निर्विरोध हुने भएका हुन् ।

उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजेसम्मको समय तोकेको छ । त्यसैले मनांगे निर्विरोध भएको सूचना आयोगले ३ बजेपछि मात्र सार्वजनिक गर्ने भएको छ । मनांगे गण्डकीका युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । अघिल्लो पटक पनि उनी स्वतन्त्र रूपमा विजयी भएका थिए । त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो ।

तर, पछि मनांगेकै कारण एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्न पुग्यो । उनी सत्तारुढ गठबन्धनमा सामेल भए । यसपटक मनांगेलाई कांग्रेस र एमाले दुवै दलले समर्थन गरेर आफ्नो उम्मेदवार नउठाएकैले उनी निर्विरोध हुन लागेका हुन् ।

दोर्जे लामा गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : १६ बजे