पहिरोका कारण बेनी–जोमसोम सडक अवरूद्ध



रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ ।

सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार  १२ : ४९ बजे