नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।

नेपालगन्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २८, २०७९ शुक्रबार  १० : ५५ बजे