मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवौँ राष्ट्रिय खेलकुदः टेनिसमा गण्डकीलाई स्वर्ण



पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जिते।

गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुनुहुन्छ भने सेनाका खनाल द्धितीय वरियतामा । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले नतिजा आफ्नो पक्षमा ल्यायो । यसअघि गण्डकी प्रदेशले ‘टिम इभेन्ट’मा पुरुषतर्फ स्वर्ण पदक जितिसकेको छ ।

सफ्ट टेनिसमा प्रदेश नं १ लाई स्वर्ण

सफ्टटेनिसतर्फ ‘मिक्स डबल्स’को आज सम्पन्न भएको फाइनल खेलमा प्रदेश नं १ ले स्वर्ण पदक जितेको छ । पोखरा रङगशालास्थित टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा प्रदेश नं १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जियाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेका हो ।

प्रतियोगितामा बागमतीले रजत पदकमा चित्त बुझाउनु प¥यो । नेपाल पुलिसका कमल भण्डारी र विष्णु भण्डारी साथै एपिएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गर्नुभयो । सफ्ट टेनिस डबल्सतर्फको मङ्गलबार भएको खेलमा विभागीय टोली नेपाल प्रहरी र एपिएफले एक–एक स्वर्ण जितेका थिए । पुरुषतर्फ पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडी र महिलातर्फ एपिएफका भगवती विक र समृद्धि महर्जनको जोडीले स्वर्ण जितेका हो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ३७ बजे