मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४३ हजारभन्दा बढीमा डेङ्गु संक्रमण,मृत्यु हुनेको संख्या ५२ पुग्यो



डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ । मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।

डेंगी रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६८५ जना डेंगी संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।

डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : १२ बजे