मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ क्षेत्र नं ६ः सर्वेन्द्र खनाललाइ सजिलै हराउने दाउमा भीमसेनदास प्रधान



काठमाडौँ, १६ कात्तिक । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा कांग्रेसका प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुन् । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् ।

कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका प्रधान काठमाडौँ क्षेत्र नं ६ को संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउछन्। “नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो”, उनि भन्छन् । उनि विगत १० वर्षमा काठमाडौँ क्षेत्र नं १० को विकासमा आफूले महत्वपूर्ण काम गरेकाले आगामी दिनमा उक्त कामलाई पूरा गर्ने आफ्नो चाहना रहेको बताउछन् ।

प्रधानले यस क्षेत्रमा सर्वेन्द्र खनाललाई उठाउने एमालेको निर्णय अराजनीतिक भएको टिप्पणी गर्दै आएका छन्।एमालेमा निरंकुश प्रवृत्ति रहेको टिप्पणी गर्दै उनले प्रश्न उठाउँदा भीम रावल, घनश्याम भुसाललगायतलाई टिकट नदिएको तर पार्टिमा योगदान नगरेका सर्वेन्द्र खनाललाई ओलि भक्ति गरेकै आधारमा टिकट दिएकोले एमालेका जिम्मेवार नेता कार्यकर्ताले पनि आफुलाई सघाउने प्राधानको तर्क छ ।

उनले एमालेले हरेक पटक नयाँ नयाँ उम्मेदवार पठाए पनि आफूले हराएको बताउने गरेका छन् । अहिले आएका पूर्व आईजीपीलाई सांसद बन्ने रहर भए पनि जनताले नपत्याउँने उनको तर्क छ। ।

काठमाडौँको बागबजारबाट नुवाकोटसम्म छोएको उक्त क्षेत्रमा ३२ मतदान केन्द्र र ७५ मतदानस्थल छन् । काठमाडौँ क्षेत्र नं ६ का निर्वाचन अधिकृत सम्झना खनाल सबै मतदान केन्द्र र मतदानस्थलको अनुगमन भइसकेको बताइन्। यस्तै मतदानका लागि निर्वाचन कार्यालयमा समानुपातिक मतपत्र, ब्यालेट बक्सलगायतका सामग्री आइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : १२ बजे