मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा एमालेका शर्मा र गठबन्धनका थापाबिच तिब्र प्रतिस्पर्धा, यस्तो छ जिल्लाको अंकगणित



कर्णाली, २० कात्तिक ९रासस०स् आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा ९एमाले० र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा जुटेका हुन् ।

विसं २०७४ को सम्पन्न निर्वाचनमा तीन प्रदेशसभामा एमाले र एक प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जित हात पारेको थियो । प्रदेशसभाको उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको थियो । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको एमालेलाई यसपटक निर्वाचनमा पाँचदलीय गठबन्धन चुनौती बन्ने देखिएको छ ।

एमालेलाई यो चुनौती जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवै क्षेत्रमा पर्ने देखिन्छ । क्षेत्र नं १ मा पर्ने छवटा स्थानीय तहमध्ये तीन स्थानीय तहमा एमालेले जित हात पारेको छ । अन्य दुई स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा कांग्रेस विजयी भएको छ । स्थानीय तहको मत नतिजालाई केलाउने हो भने यहाँ गठबन्धनभन्दा एमाले करिब नौ हजार तीन सय ९८ मतले पछि देखिन्छ ।

सङ्घीय प्रतिनिधिसभाको लागि एमालेबाट रवीन्द्रराज शर्मा र संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाको उम्मेदवारी छ । पाँच दलका साझा उम्मेदवार रहेकाले आफूले जित्ने समाजवादीका उम्मेदवार थापाले जिकिर गर्दै आएका छन् । उसो त एमालेका उम्मेदवार शर्माले एमालेको जनाधार बलियो रहेकाले यो पटक पनि आफू निर्वाचित हुने दाबी गरेका छन् ।

तीन दशक एउटै पार्टीमा रहेर सहकर्मीका रूपमा काम गरेका गठबन्धनका साझा उम्मेदवार थापा र एमालेका शर्माबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।

नारायण नगरपालिकामा एमालेभन्दा पाँचदलीय गठबन्धन पछि रहेको छ । स्थानीय तहको मतपरिणामलाई हेर्दा यहाँ एमालेले पाँच हजार चार सय ३६ मत प्राप्त गर्दा गठबन्धन दलहरूले पाँच हजार तीन सय ८२ मत प्राप्त गरेको छ । नौमूले गाउँपालिकामा एमालेभन्दा गठबन्धनका दल झण्डै चार हजार मतले अघि छन् ।

नौमूलेमा सामाजवादी–माओवादी गठबन्धनमा तीन हजार दुई सय मत र कांग्रेसको दुई हजार पाँच सय ४४ मत रहेको छ भने एमालेको एक हजार नौ सय २० मत रहेको छ । भगवतीमाई गाउँपालिकामा गठबन्धनका दलहरूको मत पाँच हजार ७६ देखिन्छ । एमालेले स्थानीय तहको निर्वाचनमा भगवतीमाई गाउँपालिकामा एक हजार नौ सय ३३ मत प्राप्त गरेको छ ।

गुराँस गाउँपालिकामा गठबन्धनका दलले चार हजार पाँच सय आठ मत रहेको छ भने एमालेको चार हजार छ सय ८१ रहेको छ । डुङ्गेश्वर गाउँपालिकामा एमालेले तीन हजार चार सय छ मत रहेको छ भने गठबन्धन दलहरूको तीन हजार तीन सय ३६ मत रहेको छ । ती स्थानीय तह क्षेत्र नं १ को ९१० प्रदेशमा पर्छन् । यो प्रदेशमा गठबन्धन दलका पूर्णबहादुर चालिसे र एमालेका धर्मराज रेग्मीले उम्मेदवारी दिनुभएको छ । यसमा गठबन्धनका चालिसे बलियो देखिएका छन् ।

स्थानीय तह निर्वाचनमा महावु गाउँपालिकामा कांग्रेसले दुई हजार नौ सय ७९, समाजवादीले दुई हजार दुई सय ६८ र एमालेले दुई हजार पाँच सय १९ मत प्राप्त गरेको छ । क्षेत्र नं १ को ९२० प्रदेशमा ती स्थानीय तह पर्छन् । यो प्रदेशसभाका लागि एमालेबाट प्रेमबहादुर थापा र गठबन्धनबाट कृष्णकुमार बिसीले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं २ मा पाँच स्थानीय तह पर्दछन् । चार स्थानीय तहमा कांग्रेसले जितेको छ भने आठबीस नगरपालिकामा मात्र एमालेले जित हात पारेको छ । विसं २०६४ बाट सङ्घीय निर्वाचनमा पराजित नभएको एमालेलाई अहिले पाँचदलीय गठबन्धन भारी पर्ने देखिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ४३ बजे