विरोध खतिवडालाई थप्पड हान्ने व्यक्ति रिहा



कार्तिक २४, २०७९ मकवानपुर । मकवानपुर–२ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई थप्पड हान्दै दुर्वव्यवहार गर्ने पुरुषोत्तम खड्का रिहा भएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री खतिवडालाई खड्काले चुनावी सभामा जाँदै गर्दा थप्पड हानेका थिए । पूर्वमन्त्री खतिवडाले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको हो ।

खतिवडालाई मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मा चुनावी सभामा गएका बेला मादक पदार्थ सेवन गरेका खड्काले दुव्र्यबहार गरेका थिए ।

आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेद्वार खतिवडाले बुधबार मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए ।

खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित भइसकेका सांसद हुन् । आफू गठबन्धनकातर्फबाट साझा उम्मेदवार रही अत्यधिक मतसहित जित्ने निश्चित देखिएपछि हारको मानसिकता बोकेकाले मादक पदार्थ खुवाएर पठाइएर आफूमाथि दुर्व्यवहार गराइएको खतिवडाको भनाइ छ ।

हारदेखि अत्तालिएकाबाट त्यस्तो गलत व्यवहार भए पनि आफूले त्यसलाई सामान्य रुपमा लिएर दुर्व्यवहार गर्नेलाई छाडिएको खतिवडाको भनाई छ ।

प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहिबार  ९ : २३ बजे