मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल युएईसँग पराजित



संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो ।

युएईले दिएको दुई सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रनमा समेटियो । खेलमा अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ऐरीले सर्वाधिक ५४ रनको योगदान दिए । एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका साउदले ५१ रन जोडे ।

नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशङ्कर साहले ८ रन बनाए । कुशल भुर्तेल ६, सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए ।

युएईका आयन अफ्जल खानले ४ विकेट लिए भने बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएइका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन जोडेका थिए भने मुहमद वासिमले ४४ रन जोेडे । यसैगरी वृत्य अरभिन्दले ४० रन बनाए भने एलिशन शाराफुले २९ तथा अहमेद राजाले अविजित २७ रन बनाए । आयन हफ्जल खानले २६ रन जोड्दा बसिल हामिदले १४ रन तथा कप्तान सिपी रिजवान २ रनमा आउट भए ।

नेपालका गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १र१ विकेट लिए । यस जितसँगै युएईले तीन खेलको एक दिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब युएई र नेपालबीचको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल यही कात्तिक ३० गते हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : ५६ बजे