मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त



२९ कार्तिक २०७९, पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् ।

मन्त्री खड्कामाथि मुख्यमन्त्री र नेपाली कांग्रेस पार्टी तथा उम्मेदवारलाई सहयोग नगरेको आरोप छ ।

खड्काको जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेको निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । यसअघि मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ६ : ४६ बजे