मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युएईविरुद्ध एकदिवसीय खेल खेल्दै नेपाल



युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ ।

नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ४४ बजे