धनुषा–३ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित



धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भइन् ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरिन भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरे । महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकि हुन्। उनि दुईपटक समानुपातिक सांसद हँुदै मन्त्रीसमेत बनेकि थिइन् ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ९ : ४९ बजे