मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो



गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा ९एमाले० दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् ।

प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं। क्षेत्रबाट ३२ हजार ९०४ र क्षेत्र नं २ बाट सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं। १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा १ ९२०को सदस्यमा विजय हासिल गरेको थियो ।

यस्तै प्रदेशसभामा एक सदस्य जितेको नेकपा ९एमाले०ले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नं। १ बाट आठ हजार १९४ र क्षेत्र नं। २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेका छन् । कांग्रेसले क्षेत्र नं। १ बाट आठ हजार ८७५ र क्षेत्र नं। २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिए । रास्वपाले क्षेत्र नं। १ बाट ११ हजार ११० र क्षेत्र नं। २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ ।

यस्तै राप्रपाले ११ हजार ३९२ मत प्राप्त गरेको छ । राप्रपाले क्षेत्र नं। १ बाट पाँच हजार ९०३ र क्षेत्र नं। २ बाट पाँच हजार ४८९ मत प्राप्त गरेको छ । नेकपा ९माओवादी केन्द्र०ले क्षेत्र नं। १ बाट एक हजार ३६७ र क्षेत्र नं। २ बाट पाँच हजार ४८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा ९एकिकृत समाजवादी०ले दुई हजार १५२ मत प्राप्त गरेको छ ।(

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : १७ बजे