मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशसभा : नयाँ अनुहारको वर्चश्व



कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहेका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचितभए । उनले नेकपा ९एमाले०का छक्कबहादुर लामालाई हराए । उनि यसअघिका प्रतिनिधिसभा सदस्यसमेत थिए । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा ९१० बाट वीरबहादुर शाही र सुर्खेत २ ९२० बाट नेकपा ९माओवादी केन्द्र०का विन्दमान विष्ट हेका छन् । एमालेका संसदीय दलका नेतासमेत रहेका यामलाल कँडेल सुर्खेत २ ९१० बाट निर्वाचित भए । प्रदेश ९२० मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भए । उनि यसअघि प्रतिनिधिसभा सदस्यसमेत थिए । उनले एमालेका खिमबहादुर शाहीलाई पराजित गरे ।

यस्तै दैलेख २ ९२० मा एमालेका विनोदकुमार शाह विजयी भए । उनले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरे । उनि यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् ।

कालीकोट प्रदेशसभा ९१० बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी भए । उनि यसअधि प्रतिनिधिसभा सदस्यसमेत थिए । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरेका हुन् । कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहनुभएको छ । सुर्खेत १ ९१० बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दै छन् । उनि एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी भए ।

यस्तै, १ ९२० का कृष्ण जिसी पनि नयाँ अनुहार हुन् । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरे । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दै छन् । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहेका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ ९१० मा पराजित गरे ।

यस्तै, दैलेख १ ९१० बाट कांग्रेसका पूर्णबहादुर खत्री र ९ख० बाट कृष्ण बिसी विजयी भए । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरे। सल्यान ९१० बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भए । शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे भने ९२० मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गरे ।

यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित भएका छन् । रुकुम पश्चिम प्रदेशसभा ९१० मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गरे । यस्तै ९२० मा राजकुमार शर्मा विजयी भए । उनले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे । जाजरकोट प्रदेशसभा ९१० मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भए ।

कालीकोट प्रदेशसभा ९२० मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका छन् । डोल्पा प्रदेशसभा ९१० मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए ।

हुम्ला प्रदेशसभा ९१० बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित भए । यस्तै मुगु ९१० मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे । यस्तै, मुगु ९२० मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी भए। उनले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरे ।

यस्तै, जुम्ला प्रदेशसभा ९१० मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भए । उनले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गरे । यस्तै जुम्ला ९२० मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : १८ बजे