मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुप्चेश्वर मेला सुरु : ‘जे माग्यो त्यहीँ पूरा हुने’ जनविश्वास



नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका विभिन्न स्थानबाट दर्शनार्थीको आवागमन सुरु भएको हो ।

यही मङ्सिरको पहिलो साता शुक्रअन्न समापन भएसँगै दर्शनार्थीको भीड लाग्न थालेकोमा धान्यपूर्णिमाको अवसरमा एकादशीदेखि दर्शनार्थीको चाप बढेको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले जानकारी दिए । उनका अनुसार मेलाको मुख्य रौनक यही शनिबारदेखि सुरु भएको हो । शनिबार एकैदिन एक हजार पाँच सयभन्दा बढीले दर्शन गरेका थिए । दोस्रो दिन आज दर्शनार्थीको सहभागिता थप वृद्धि भएको छ । यो वर्षको मेलामा करिब १५ हजार दर्शनार्थीले दुप्चेश्वर महादेवको दर्शन गर्ने अपेक्षा गरिएको छ ।

इच्छा पूरा हुने जनविश्वास

‘जे माग्यो त्यहीँँ सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वर महादेवसमक्ष इच्छाएको चिज प्राप्त गर्न र भाकल पूरा भएपछि पूजा गर्न भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । एकपटक पुगेका भक्तजन पुनः अर्को वर्ष पूजा दो¥याउन जाने भएकाले हरेक वर्ष भक्तजनको सङ्ख्या वृद्धि हँुदै गइरहेको मन्दिरका पूजारी हरि धितालले बताए । उनका अनुसार दुप्चेश्वर मन्दिर सूर्यमती ९तादी० खोलाबाट करिब दुई सय मिटर अग्लो पहाडको विशाल शिलामा अर्ध वृत्ताकार भागको केन्द्रमा अवस्थित प्राकृतिक शिवलिङ्गको रुपमा रहेकाले सानो पशुपति नाथको रुपमा पुज्ने गरिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ०७ बजे