मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?



काठमाडौं, २२ मंसिर । आजको पात्रो : २२ मंसिर २०७९, बिहीबार । तद्नुसार डिसेम्बर महिनाको ८ तारिक २०२२ । मार्गशुक्ल पक्ष पूर्णिमा, उधौली पर्व, यःमरि पुन्हि रहेको छ । रोहिणी नक्षत्र, साध्य योग, वव करण, चन्द्रमा वृष राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः४३ मा हुनेछ भने सूर्यास्त ५ः१० मा हुनेछ । आज पूर्णिमा भएकाले विशेष दिन हो । आजको दिन साँझको समयमा शिवालय, देवालय यात्रा गर्नु उत्तम हुनेछ । आजका देवता सावित्री र ग्रहदेव शुक्र हुन् ।

बिहीबार पूर्णिमा पनि परेकाले आजको दिन बनेको कार्ययोजना सफल हुनेछ । अध्ययन, अध्यापन, अनुसन्धानको कामको शुरुवात गर्न सकिन्छ । आजको दिन कुनै नयाँ व्यवसाय र तथा केही नयाँ क्षेत्रमा लगानी गर्न पनि दिन उत्तम रहेको छ । आजको दिन शुभ छ, त्यसमध्ये पनि विहान ११ः३५ देखि १२ः१६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । विहीबारको दिन बंगलामुखी मन्दिरको दर्शन गर्ने प्रचलन रहेको छ ।

आजको राशिफल
मेष
तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । आजको दिनमा परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिनुहोला ।

वृष
तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । बंगलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदय दर्शन गर्नुहोला ।

मिथुन
धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट
कर्कट राशिका जातकका लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।

सिंह
सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । आजको दिन मौन रहन उत्तम हुनेछ ।

कन्या ९टो।प।पी।पू।ष।ण।ठ पे।पो०
तपाईको लागि आज यात्रा गर्नुपर्ने हुनसक्छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला
मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

वृश्चिक
सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । कसैसँग विवाद नगर्नुहोला ।

मकर
आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रकाढ हुनेछ ।

कुम्भ
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ । नयाँ कार्यको थालनी गर्न सक्नुहुनेछ ।

मीन
बिहीबारका दिन मीन राशिमा जातकले सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका व्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : १८ बजे