मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदलीको सम्भावना



काठमाडौं, २३ मंसिर। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : १० बजे