जाजरकोटमा जीप दुर्घटना, नौ जनाको मृत्यु,



सुर्खेत, २६ मंसिर ।जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए ।

तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार  ७ : १३ बजे