‘शुुक्रराज’ जसले कांग्रेस जिताए, गठबन्धन जिताए !



काठमाडौं, ७ पुस । करिब २७ वर्षको अन्तरालपछि दोलखामा नेपाली कांग्रेसले विजयको झण्डा गाड्यो । २०५२ सालको मध्यावधी निर्वाचनमा कांग्रेसका स्व।नेता भीमबहादुर तामाङ निर्वाचित भएको निर्वाचन क्षेत्रमा लामो समयपछि यसपटकको आम निर्वाचनमा कांग्रेसले आफ्नो विरासत फर्काउन सफल भएको हो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा संघमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की र प्रदेशमा ‘क’मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका हुन् ।

विजयी कार्की र काफ्ले दुवैले यसको श्रेय कांग्रेस प्रदेश ‘क’का सभापति शुक्रराज तामाङलाई दिएका छन् । पार्टी नेतृत्वमा आएपछि इमान्दार पूर्वक पार्टी संगठन निर्माणमा जुटेका शुक्रराज गठबन्धनको जित निकाल्नका लागि अहोरात्र उम्मेदवार संगै खटेको खटेको कार्यकर्ताहरु स्मरण गर्छन् ।चुनावी प्रचारप्रसार क्रममा भएका सार्वजनिक कार्यक्रमहरुमा सभापति तामाङले गठबन्धनलाई जिताउने जिम्मा आफ्नो जिम्मेवारीको विषय भएको भन्दै सवैलाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेर उम्मेदवारलाई समेत आश्वास्त पारेका थिए ।

कतिपयले विश्वास नगरेपनि व्यवाहारिक रुपमा नै गठबन्धनका उम्मेदवारलाई विजय बनाएपछि कांग्रेस वृतमा उनको चर्चा चुलिदो छ ।बैतेश्वर गाउँपालिका १ का स्थानीय बासिन्दा रहेका शुक्रराजलाई युवाहरुको रुपमा चिनिन्छन् । त्यसैलेहोला कार्की र काफ्ले दुवैलाई सवैभन्दा बढी शुक्रराजमा नै भरोसा थियो ।

आम निर्वाचनमा शुक्रराजको भूूमिका प्रशंसायोग्य रहेको माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरु नै बताउँछन् । उम्मेदवार कार्की र काफ्लेसंगको सहकार्यमा उनले प्रदेश ‘क’का प्रत्येक बुुथमा आवश्यकता अनुसार बुुथ सुरक्षाका लागि युवा तरुण दस्तालाई परिचालन गरिएको थियो । जसका कारण संघमा कार्कीसंगै प्रदेशमा काफ्ले विपक्ष उम्मेदवारभन्दा ८ हजारभन्दा बढी मतान्तरले विजयी भए ।

तरुण दलबाट पार्टी राजनीतिमा प्रवेश गरेका शुक्रराज भद्र र गौण स्वभावका देखिएपनि निर्वाचन रणनीतिमा उसको परिपक्व भूमिकाले पार्टीभित्र थप स्थापित नेताको रुपमा आफुलाई उभ्याउन सफल भएका छन् । एमाले नेता बालकृष्ण शिवाकोटीले मुद्धा हालेपछि दोहोरिएको उपनिर्वाचनमा शुुक्रराजको भूूमिकाका कारण गठबन्धनले अपेक्षाभन्दा बढी मत ल्याउन सफलभयो ।
उपनिर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन कार्यकर्ताहरुमा उसले उर्दी नै जारी गरेका थिए । यतिमात्र होइन, गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बैतेश्वर गाउँपालिकामा पार्टी एक्लै निर्वाचनमा होमिदा पनि पार्टीलाई विजयी बनाउन उसको ठुलो भूूमिका थियो ।

निर्वाचन अगाडि नै उसले जनतासंग कांग्रेस अभियान लिएर घरदैलो अभियान चलाएका थिए । त्यो कार्यक्रम अति नै प्रभावकारी भएपछि स्थानीय तहको निर्वाचनमा जिल्लाभरी आफ्नो सरकलमा रहेका युवाहरुलाई सर्कुुलर गरेर परिचालन गर्न सफल हुँदा अपेक्षकृत परिणाम कै कारण दोलखाको इतिहासमा कांग्रेस पहिलो पार्टी बन्न सफल भयो ।

नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा उनको खुलेर प्रशंसा गर्छन् । शुक्रको नेतृत्वमा संगठन निरन्तर चलाएमान छ । यसकासाथै पार्टीसँग आस्था राखेर क्रियाशील कार्यकर्ताहरुलाई उनले क्षमता अनुुसार जिम्मेवारी समेत दिने गरेका छन् ।
यसअघि विभिन्न खाले आरोप प्रत्यारोपको आरोप खेप्दै आएका शुक्रले दोलखामा पार्टीभित्र स्थापित नेताको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । जसले गर्दा उनको आगामी राजनीतिक भविष्य झन उज्वल बन्दै गएको कांग्रेस बृतमा चर्चा छ ।

प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार  ७ : २५ बजे