मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेसी पिएसजी सम्झौता नविकरण गर्न सहमत



काठमाडौं, १० पुस । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।

कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् । मेसी विजयी र्यालीमा सहभागी छन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ ।

खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेसीको सम्झौता सकिँदै छ ।

यदपि, दोहामा पिएसजी अध्यक्ष नासेर अल खेलाफीसँग मेसीले बार्ता गर्दै क्लबमै रहने बताएका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ४५ बजे